
राष्ट्रिपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन सुरु भएको हो ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा पेस भएको छ । नियमावली समितिका सभापति कृष्णभक्त पोखरेलले मस्यौदा पेस गरेका हुन् ।
संसदीय समिति १० नभइ ७ बनाउनुपर्ने मागसहित नेपाली कांग्रेसले असहमति राखेको छ । नियमावलीको मस्यौदामा संसदीय समिति १० ओटा बनाउने उल्लेख छ ।
त्यस्तै, अपराधमा पूर्पक्षमा रहेका सांंसदको पद निलम्बन नहुने उल्लेख गरिएको छ ।
प्रधानमन्त्रीले महिनाको दुईपटक संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था पनि राखिएको छ ।
सभापति पोखरेलले केही असहमतिसहित प्रतिवेदन तयार गरी संसदमा पेस गरेको बताए ।
यही नियामावलीको आधारमा संसदले अब आफ्नो कार्यसम्पादन गर्नेछ । नियमावलीउपर संशोधन हाल्नका लागि आगामी मंगलबारसम्मको समय दिइएको छ ।
यही वैशाख २६ गतेदेखि नियमावली मस्यौदामाथि छलफल हुनेछ ।
आइतबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यदेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यदेश २०७५, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयामेग पहिलो संशोधन अध्यादेश २०७५ र संघीय संसदका पदाधिकारीको सेवा सुविधा शर्त र सुविधासम्बन्धी अध्यादेश २०७५ पेस भएको छ ।
यी अध्यदेशहरु आइतबारै बसेको राष्ट्रियसभा बैठकमा पनि पेस गरिएको छ भने राष्ट्रियसभाको निमयावली मस्यौदा पनि राष्ट्रियसभा बैठकमा पेस भएको छ ।
संसदको आइतबारै बसेको दोस्रो बैठकले पूर्वसांसद जागृतप्रसाद भेटवालको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्