
काठमाडौं, कात्तिक २९ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले संरक्षित वन्यजन्तुको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुकुम, आठबीसकोट नगरपालिका–५ का २३ वर्षीय विकास बस्नेत र सल्यान, बाघचौर नपरपालिका–८ का २२ वर्षीय शेरबहादुर डिसी रहेका छन् ।
उनीहरुलाई थप कारबाहीका लागि बिहीबार डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको ब्यूरोका प्रवक्ता सुदीप गिरीले जानकारी दिए ।
वन्यजन्तुको आखेटोपहार खरिद–बिक्री तथा ओसार–पसार हुँदै गरेको भन्ने सूचनाको आधारमा ब्यूरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ स्थित मित्रनगरबाट बुधबार उनीहरुलाई पक्राउ गरेको थियो ।
बरामद गरिएको छाला चितुवा प्रजातिकोजस्तो देखिएपनि यकिन नभएको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्