१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


भारत लैजान लागिएको अवस्थामा तीन महिलाको उद्धार


0
Shares

परासी, कात्तिक २९ । भारत लैजान लागिएको अवस्थामा पश्चिम नवलपरासीबाट प्रहरीले तीन महिलाको उद्धार गरेको छ ।

जिल्लाको सीमावर्ती सुस्ता गाउँपालिकाको रतनगन्जबाट सिन्धुपाल्चोकका दुई र बाँकेका एक गरी तीन महिलालाइ बेच्न लैजान लागेको आशंकामा उद्धार गरिएको हो ।

स्थानीय एक सुनिता गुरुङलाईसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुवेत लैजाने लोभमा दिल्ली पुर्‍याउन लागेको सूचना पाएपछि सुनिताको घरबाट प्रहरीचौकी रामनगरको टोलीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रहरी निरीक्षक केदार बस्नेतकाअनुसार उद्धार गरिएका महिलाले दिल्लीको बाटो हुँदै कुवेत पठाउने भन्दै आफूहरुलाई त्यहाँ राखिएको बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेकी सुनिताले नवलपरासीमा बसेर महिलालाई भारत पठाउँदै आएको र एकजना महिलालाई पठाएबापत रु १० हजार लिने गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ । रासस