
राष्ट्रियसभाको सोमबार बसेको बैठकमा विशेष समय लिएर सांसदहरुले पुनर्वासमा भएको सीमा अतिक्रमण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ज्यादतीलाई दुईपक्षीय वार्ताको एजेन्डा बनाउन माग गरेका हुन् ।
सांसदहरु इन्दु कडरिया, अनिता देवकोटा र हरिराम चौधरीले कन्चनपुरमा पटक–पटक भारतीय पक्षबाट सीमा अतिक्रमण र ज्यादती भइरहेकाले यसलाई रोक्न प्रधानमन्त्री तहमै छलफल गर्न माग गरेका हुन् ।
सांसदहरुले सरकारले पुनर्वास समस्या समाधानका लागि तत्काल ठोस पहल नगरे मुलुकले गम्भीर परिणाम भोग्नुपर्ने बताए ।
यातायात व्यवसायीको सम्पत्ति छानबिन गर्न माग
बैठकको विशेष समयमा माओवादी केन्द्रका सांसद रामनारायण बिंडारीले ‘सिन्डिकेट’ चलाएर अकुत सम्पत्ति कमाएका यातायात व्यवसायीको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरे ।
बैठकमा सांसद कालीबहादुर मल्लले कालिकोट, मुगुलगायतका जिल्लामा असिना–पानीले पुर्याएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै पीडितलाई राहतको व्यवस्था गर्न माग गरे ।
यस्तै, सांसद सुमनराज प्याकुरेल, प्रकाश पन्त, वृषेशचन्द्र लाल, रामप्रित पासवानले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्