२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


धर्मका नाममा अतिवाद, लमहीमा ‘प्रभु’को राज्य !


0
Shares

दाङ, बैशाख २५ । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य !’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य ।

बाइबल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो । यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलमा उल्लेख छ ।

छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे । विरोधपछि बोर्ड हटाइएको छ ।

प्रभु राज्यका शासकहरु कहाँ बस्दारहेछन् त ? यो घरदेखि झन्डै पाँच सय मिटर पूर्वमा रहेको अत्याधुनिक घर शासकहरुको निवास रहेछ ।

रातो रङको तीनतले घरमा पुग्दा एक विदेशी युवक(प्रभु राज्यमध्येका एक शासक) गेटबाहिर निस्किए । आफूलाई जापानी नागरिक भनेर परिचय दिएका उनी नेपाली भाषा अस्पष्ट बोल्दा रहेछन् ।

पत्रकारको परिचय थाहा पाउनासाथ गोरो बर्णको उनको अनुहार एकाएक परिवर्तन भयो । आफू निकै ब्यस्त रहेको भन्दै उनले गेटभित्र छिर्न हतार गरे ।

संगीत अभ्यासका लागि जापानबाट लमही आएको बताएका ती युवकको दिनहुँको गतिविधि नजिकैको पसलेले देखिरहन्छन् ।

को हुन उनी ? पसल संचालिकाले भनिन, ‘क्रिश्चियन धर्म प्रचारमा आएका रे, दिनहुँ धर्मको प्रचार बाँडेर गाउँगाउँ हिड्छन ।’

यो घर विगत २ वर्षदेखि प्रभुका शासकहरूको आश्रय स्थल बनेको रहेछ । बेलाबेलामा यो घरमा विदेशी नागरिकहरू फेरिइरहन्छन् ।

‘कहिले को कहिले को, नयाँ नयाँ अनुहारका विदेशीहरू आइरहन्छन्,’ ती सञ्चालिकाले भनिन्, ‘कोही कोरियाका हौँ भन्छन्, कसैले जापनीज भन्छन् ।’

प्रभुको राज्य र प्रभुका विदेशी शासकहरूको बडेमानको थलो पहिल्याएपछि प्रभुको शासनबारे खोजतलासको पछि लागियो ।

बग्रेल्ती अमानवीय घटनाहरूले यो पुष्टि ग¥यो कि ‘प्रभुको शासन’ देउखुरीमा बलजफ्ती ढंगबाट चलिरहेको रहेछ ।’

नागरिक दैनिकबाट