
काठमाडौं, वैशाख २६ । काठ बजारलाई व्यवस्थित गर्दै मूल्यमा एकरुपता ल्याउन वन पैदावार प्राधिकरण गठन हुने भएको छ ।
समग्र वन पैदावारको नियमन गर्दै एकद्वारा नीति अपनाउन प्राधिकरण गठनको पहल अघि बढाइएको हो ।
आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो संरचना बनाउन वन तथा वातावरण मन्त्रालय गृहकार्यमा जुटेको हो ।
सरकारी निकायलाई प्रभावकारी बनाउन र आफूखुशी काठको मूल्य हेरफेर गर्ने व्यवसायी र बिचौलियाको चलखेललाई नियन्त्रण गर्न प्राधिकरणको पहल अघि बढेको मन्त्रालयका सहसचिव धनञ्जय पौडेलले बताए । –नेपाल समाचारपत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस्