
बुधबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले मोदीको भ्रमणका कारण दुवै पार्टी अध्यक्षद्वय व्यस्त रहेकाले एकता प्रक्रिया लम्बिएको बताइन् ।
पार्टी एकीकरणको आन्तरिक गृहकार्य भने भइरहेको भन्दै उनले सम्मानजनक एकता हुने बताइन् ।
पार्टी एकता संयोजन समितिले गृहकार्य गरिरहेको बताउँदै भुसालले ‘माओवादी एमालेमा विलय हुने होइन’–भनिन् ।
सरकारका गतिविधि मूल्यांकन गर्ने बेला अहिले नभएपनि सरकारले चुनावी एजेन्डाअनुसार काम गरेको धारणा भुसालको थियो ।
प्रतिक्रिया दिनुहोस्