Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


इजरायलद्वारा इरानी सैन्य अखडामा जवाफी हमला


0
Shares

सिरिया, वैशाख २७ । इजरायलले सिरियास्थित इरानी सैन्य अखडामा हमला गरेको छ ।

गोलान हाइट्सस्थित इजरायली सैन्य अखडामा इरानले गरेको हवाई हमलाको जवाफी कारवाहीस्वरुप इजरायलले इरानी सैन्य अखडामा हमला गरेको बताइएको छ ।

इरानी सेनाले गोलान हाइट्सस्थित इजरायली सैन्य अखडामा हमला गरेको केही घण्टापछि इजरायलले इरानी सैन्य अखडामा जवाफी हमला गरेको हो ।

इजरायली रक्षा मन्त्रालयका अनुसार सिरियास्थित इरानी सेनाको हतियार भण्डार, क्षेप्यास्त्र प्रक्षेपण अखडा र अन्य सैन्य केन्द्रमा कारवाही गरिएको हो ।

सिरियाको हवाई रक्षा प्रणालीलाई पनि इजरायली सेनाले निशाना बनाएको बताइएको छ ।

सिरियाली सरकारी समाचार एजेन्सीका अनुसार इजरायलका केही क्षेप्यास्त्रलाई नष्ट गरिएको छ । (एजेन्सी)