१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ’


0
Shares

तराईका क्षेत्रमा असिना–पानीका कारण धान, गहुँबालीलगायतका कृषि उपज नस्ट भएको हुँदा क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग थियो ।

उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको उल्लेख गर्दै नेपाल–भारत सीमामा देखिने समस्या, बाढी, डुबानलगायत विषयलाई उठाउन सरकारलाई सुझाव दिए ।

सांसद अमरेशकुमार सिंहले तराईमा आँधी, असिना–पानी आएका कारण धान, गहुँलगायत कृषिबाली नस्ट भएको हुँदा कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।

सांसद कृष्णभक्त पोखरेलले चितवनमा ठूलो मात्रामा केरा काटेर कृषकलाई दुःख दिने काम भएको र पछिल्लो समयमा हावाहुरीले बालीलाई क्षति पुर्‍याएको विषयतर्फ सरकारको ध्यान आकृष्ट गरे ।

विशेष समयमा बोल्ने अन्य सांसदहरुमा मोहन बानियाँ, लीलानाथ श्रेष्ठ, सञ्जयकुमार गौतम, महेश्वर गहतराज, दामोदर भण्डारी र अनिलकुमार झा पनि थिए । रासस