१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


प्रहरीजवान हिरासतमा


0
Shares

दाङ, कात्तिक २८ । थुनुवा भगाउन सहयोग गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले बुधबार एक प्रहरीजवानलाई पक्राउ गरेको छ । 

प्रहरीजवान शेरबहादुर बुढाथोकीलाई पक्राउ गरी थुनामा राखिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रेम शाहीले जानकारी दिएका छन् ।

प्रहरीको गाडीबाट बुधबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर इप्रका ल्याउँदै गर्दा रानी, जरुवाका १९ वर्षीय थुनुवा विष्णु बुढाथोकी हामफालेर फरार भएका थिए ।

थुनुवालाई भगाउन शेरबहादुरले सघाएको प्रमुख शाहीले बताए । फरार थुनुवाको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस