
वामपन्थी नेता स्व. निर्मल लामाको १८औं स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले बिहीबार महोत्तरीको बर्दिबासमा आयोजना गरेको ‘निर्मल लामा र नेपाली वाम आन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उनले भने–‘हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुवै पार्टीबीच चाँडै एकता हुनेछ ।’
अध्यक्ष दाहालले ‘एकतामा संशय नपाल्नुहोस्, हामी दरिलो र दीगो एकीकरणका लागि राम्ररी मन माझेर एकता प्रक्रिया अघि बढाइरहेका छौं’ भन्दै एकीकरणका लागि अब कुनै खास विषयमा अड्चन नरहेको बताए ।
नेकपा एमालेका नेता माधवकुमार नेपालले ‘यो वा त्यो तपसिलका कुरा निकालेर एकीकरणमा हुने ढिलाइ कार्यकर्तालाई सैह्य नहुने’ उल्लेख गर्दै ‘बखेडा कहाँ छ ? केपी ओलीमा कि प्रचण्डमा ? स्पस्ट भन्नुहोस्’–भने ।
‘केपी ओलीमा भए खुलेर भन्नुहोस्, हामी ठीक पार्छौं, होइन भने तपाइँमा मनको संशय भए त्यो धेरै केलाएर एकतामा ढिलाइ नगर्नुहोस्’–उनले भने ।
नेता नेपालले अहिलेको सरकार चुनौतीकाबीच केही गर्नैपर्ने संकल्पका साथ अघि बढेको बताउँदै अबपनि समृद्धि र विकासको रथ अघि नबढे कम्युनिष्ट पनि जनताको नजरबाट गिर्ने हुँदा सरकार, प्रदेश सरकार, स्थानीय सरकार र पार्टी कार्यकर्ता सोहीअनुरुप अघि बढ्नुपर्नेमा जोड दिए । रासस
प्रतिक्रिया दिनुहोस्