१२ श्रावण २०८२, सोमबार | Mon Jul 28 2025


निर्मला हत्याकान्डः राजनीतिक तहबाट दोषी पत्ता लगाउन दबाब भएन


0
Shares

प्रतीक्षा खनाल/दिलिप पोखरेल (इमेज)

काठमाडौं, कात्तिक २८ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अझैपनि पत्ता नलाग्दा पीडित परिवार गत आइतबारदेखि अनिश्चितकालीन धर्नामा बसेका छन् ।

यस विषयमा जनस्तरबाट दबाब जारी रहे पनि राजनीतिक तहमा भने कुनै पहल भएको पाइँदैन ।

कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको झन्डै चार महिना पुग्न लाग्दा पनि दोषी पत्ता नलागेपछि पीडित परिवार र नागरिक संघर्ष समिति गत आइतबारदेखि कन्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बस्दै आएका छन् ।

घटना भएदेखि नै जनस्तरबाट दोषी पत्ता लगाउन सरकारमाथि दबाब परिरहेको छ ।

तर, राजनीतिक तहबाट भने निर्मलाका दोषीहरु पत्ता लगाउन खासै चासो र दबाबको पहल भएको छैन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यस विषयमा कुनै पहल गरेको छैन ।

कन्चनपुरका स्थानीय तथा कांग्रेस नेता एनपी साउदले यस विषयमा कांग्रेसले अब बस्ने संसद बैठकमा कुरा उठाउने बताए ।

सरकारले नै निर्मला हत्याको विषयलाई राजनीतिकरण गर्न खोजेको आरोप उनको थियो ।

घटनालगत्तै विभिन्न दलका नेताहरुले निर्मलाका बाबुआमालगायतलाई भेटेर दोषी पत्ता लगाउने आश्वासन दिएपनि समय बित्दै जाँदा राजनीतिक तहमा घटना छायाँमा पर्दै गएको महसुस गरिएको छ ।

भिडियो हेर्नुहोस्