'आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत' • Image Khabar Image Khabar


‘आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत’


Imagekhabar
२९ बैशाख २०७५, शनिबार १३:१९

'आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत'

काठमाडौं, वैशाख २९ । नेकपा एमालेका नेता माधवकुमार नेपालले आपराधिक गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिनेगरि नियमावली बन्नु गलत भएको टिप्पणी गरेका छन् ।

ललितपुरस्थित खानेपानी आयोजनाको शनिबार शीलान्यास गर्दै उनले कुनै पनि हालतमा त्यस्ता गतिविधिमा संलग्न सांसदलाई उन्मुक्ति दिने गरी नियमावली बन्न नदिने प्रष्ट पारे ।

नेता नेपालले आपराधिक गतिविधिमा संलग्न सांसदलाई निलम्बन गर्नेगरि नियमावली बनाइने बताए । संसदमा पेश भएको नियमावलीको मस्यौदा त्रुटिपूर्ण रहेकाले एमालेले संशोधन दर्ता गराएको उनको भनाइ थियो ।

नेपाली कांग्रेस र मधेसवादी दलले आपराधिक गतिविधिमा संलग्न सांसदलाई पुर्पक्षका लागि थुनामा रहँदा पनि निलम्बन गर्न नहुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्