
काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
विहान पशुपतिनाथमा विशेष पूजा गरेर हायात होटल पुगेका मोदीले विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
उनले कांग्रेस नेताहरुसँग सामुहिक भेट गरेका थिए भने माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्लै भेटका लागि गएका थिए ।
कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, महामन्त्रीद्धय डा. सशांक कोइराला र पूर्ण बहादुर खड्का , पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष सितादेवी यादव, सह–महामन्त्री डा. प्रकाशशरण महत हायात पुगेका थिए ।
त्यस्तै मोदीसँग राष्ट्रिय जनता पार्टीका नेताहरुले भेटवार्ता गरेका छन् । भेटका लागि राजपाका अध्यक्ष मण्डलका सबै सदस्य हायात होटल पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्