मोदीसमक्ष मधेसी नेताहरुले भनेः संविधानप्रति हाम्रो असन्तोष छ • Image Khabar Image Khabar


मोदीसमक्ष मधेसी नेताहरुले भनेः संविधानप्रति हाम्रो असन्तोष छ


Imagekhabar
२९ बैशाख २०७५, शनिबार १५:१४

मोदीसमक्ष मधेसी नेताहरुले भनेः संविधानप्रति हाम्रो असन्तोष छ

काठमाडौं, बैशाख २९ । भारतीय प्रधानमन्त्री मोदीसँग मधेश केन्द्रित नेताहरुले पनि भेटघाट गरेका छन् ।

राष्ट्रिय जनता पार्टीका नेताहरुसँग सामूहिक भेटवार्ता गर्दा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने एक्लाएक्लै भेटवार्ता गरेका हुन् ।

त्यसअवसरमा मोदीले मधेसी दलहरुलाई एक भएर अघि बढ्न सुझाव दिनुभएको बताइएको छ ।

मोदीलाई भेट्न होटल पुगेका राजपाका नेताहरुलाई उनले एक भएर अघि बढेमात्रै बलियो बन्न सकिने भन्दै त्यसमा गम्भीर बन्न सुझाव दिएका हुन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई मोदीले सबै मधेसी दल मिलेर आफ्नो शक्ति बढाउन सुझाव दिनुभएको भेटमा सहभागि एक नेताले बताएका हुन् ।

मधेशी नेताहरुले भने संविधानप्रति आफूहरुको अझै असन्तोष रहेको जनाएका थिए । नेताहरुले जनकपुरलाई उच्च प्राथमिकता दिई भ्रमण गरेकोमा मोदीलाई धन्यवाद दिएका थिए ।

मोदीलाई भेट्न ठाकुरसहित राजेन्द्र महतो, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी र महेन्द्र राय यादव होटल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्