Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


पूर्व पश्चिम राजमार्गको सुन्दर हरैचा सडक खण्ड फेला परेको बम निष्क्रिय


0
Shares

विराटनगर, बैशाख ३० । मोरङको पूर्व पश्चिम राजमार्गको सुन्दर हरैचा सडक खण्डको दुलारीमा फेला परेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

सुन्दर हरैचा ४ र ६ नं वडाको सिमानामा पर्ने दुलारी सडकमा विष्फोटक पदार्थ फेला परेको थियो ।

सडकको मुख्य भागमा एउटै रंगका छुट्टाछुट्टै दुईवटा वट्टामा पहेलो टेपले बेरेर तार निकालिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको हो ।

सडकको केन्द्र भागमा शकास्पद बस्तु फेला परेपछि विहान सात बजेदेखि ४ घण्टा अबरुद्ध भएको सडक सुचालु भएको छ ।

शंकास्पद वस्तु अांतक सृजना गर्न विप्लव माओवादीले राखेको हुन सक्ने प्रहरीले आंशका गरेको छ ।

उता, झापाको मेचीनगरपालिकास्थित बस राखेको ग्यारेजमा बम बिस्फोट गराइएको छ ।

विहान ३ बजेतिर सूर्योदय यातायात प्रालिको ग्यारेजमा सकेट बम विष्फोट भएको प्रहरीले जनाएको छ ।

बम बिस्फोटबाट गाडीमा क्षति पुगेको छ । विष्फोट विप्लव माओवादीले नै गराएको प्रहरीको आशंका छ ।