गुजराती भाषामा ट्विट गर्दै ओलीले गरे मोदीको भ्रमणको चर्चा • Image Khabar Image Khabar


गुजराती भाषामा ट्विट गर्दै ओलीले गरे मोदीको भ्रमणको चर्चा


Imagekhabar
३० बैशाख २०७५, आईतवार १७:४४

गुजराती भाषामा ट्विट गर्दै ओलीले गरे मोदीको भ्रमणको चर्चा

काठमाडौं, वैशाख ३० । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएको भोलिपल्ट गुजराती भाषामा ट्विट गर्दै मोदीको भ्रमणको चर्चा गरेका छन् ।

आइतबार गुजराती भाषामा ट्विट गर्दै ओलीले भनेका छन्, ‘भारतका माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ । साथै हामी एक निश्चित समयावधिभित्र द्विपक्षीय सम्बन्धका सबै प्रश्नको समाधान गर्न चाहन्छौं । म श्री मोदीले देखाएको समझदारीप्रति हृदयदेखि नै आभारी छु ।’

गुजराती भाषामा ट्विट गर्दै ओलीले गरे मोदीको भ्रमणको चर्चा

ओलीले गुजराती भाषामै ट्विट गरेर मोदीप्रति आत्मीयता देखाउन खोजेका हुन् । भारतको प्रधानमन्त्री हुनुअघि मोदी गुजरातको मुख्यमन्त्री थिए ।

यसअघि मोदीले पनि विभिन्न मुलुकको भ्रमणको पूर्वसन्ध्यामा वा भ्रमण सकेपछि सम्बन्धित मुलुककै भाषामा ट्विट गर्दै आएका छन् ।

नेपाल भ्रमण सकेर फर्कने क्रममा मोदीले नेपाली भाषामा ट्विट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्