आजादको अभिव्यक्ति निन्दनीय, मुख्यमन्त्री राउतको अभिव्यक्ति खेदजनक : परराष्ट्रमन्त्री • Image Khabar Image Khabar


आजादको अभिव्यक्ति निन्दनीय, मुख्यमन्त्री राउतको अभिव्यक्ति खेदजनक : परराष्ट्रमन्त्री


Imagekhabar
३१ बैशाख २०७५, सोमबार १५:२०

आजादको अभिव्यक्ति निन्दनीय, मुख्यमन्त्री राउतको अभिव्यक्ति खेदजनक : परराष्ट्रमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका सम्बन्धमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका सबै विषय पारदर्शी भएको बताए ।

उनले भारतीय जनता पार्टी (भाजपा)का सांसद कीर्ति आजादको अभिव्यक्ति निन्दनीय रहेको भन्दै प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्ति खेदजनक भएको टिप्पणी गरे ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले भारतीय सांसद कीर्ति आजादको ट्वीट र प्रदेश–२ का मुख्यमन्त्री राउतको अभिव्यक्तिबारे सरकारको जवाफ माग गरेका थिए ।

परराष्ट्रमन्त्री ज्ञवालीले ‘संविधानसभाबाट संविधान जारी गर्ने र नाकाबन्दीविरुद्ध बलियोसँग उभिने सन्दर्भमा आफूहरुले लिएको अडान सहि थियो भन्ने पुष्टि भएको’ जिकिर गरे ।

मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री मोदीको राजकीय भ्रमणले नेपाल र भारतबीच विश्वासको थप आधार तय भएको दावी गरे ।

उनले प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भएको ‘वान टु वान वार्ता’ र सुरक्षाको विषयलाई विवादमा नतान्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्