Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


मंगोल नेशनल अर्गनाईजेशनका पाँच कार्यकर्ता पक्राउ


0
Shares

सुनसरी, जेठ १ । सुनसरीको धरान उपमहानगरपालिका–१५ सदन चोकमा चन्दा संकलन गर्दै हिडेका मंगोल नेशनल अर्गनाइजेसन पार्टीका पाँचजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा धरान–६ बस्ने बर्ष ५२ को काजीराम राई, धरान–६ बस्ने बर्ष ४५ को नरेन्द्र थुलुङ्ग, धरान–१० बस्ने बर्ष ३५ की दिलु राई, धरान–१३ बस्ने बर्ष ६१ को प्रेमकुमार लिम्बु, धरान–१७ बस्ने बर्ष ३५ की रमा राई छन् ।

स्थानीय व्यक्तिहरुलाई कोशीपारी खेतीयोग्य जमीन उपलब्ध गराईदिने भन्दै चन्दा उठाएको आरोपमा उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षकको टोलीले सोमबार राति पक्राउ गरेको हो । पक्राउ परेका पाँचैजनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

यसैगरी इटहरी उपमहानगरपालिका ४ शान्तिटोलबाट सोमबार विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले गोर्खा जौबारी घर भई हाल इटहरी–४ शान्तिटोलमा डेरा गरी बस्ने अन्दाजी ३८/३९ वर्षीय नवराज ढकाल र उनकी पत्नी वर्ष ३६ की बिरता ढकाललाई सोमबार दिउँसो कोठाबाटै पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको कोठाबाट पार्टीको झण्डा, पुस्तक लगायतका सामाग्रीसमेत बरामद गरेको जनाएको छ ।