२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुन सहमत भइसकेको छः नेता श्रेष्ठ


0
Shares

काठमाडौं, जेठ १ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुन सहमत भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले मंगलबार संयुक्त रुपमा वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा उनले फोरमलाई चाँडै सरकारमा सहभागी गराइने बताएका हुन् ।

सरकारमा सहभागिताकाबारे राष्ट्रिय जनता पार्टीसँग भने छलफल नभएको उनको भनाइ थियो ।

नेता श्रेष्ठले मधेसका विषयमा संसदमा दर्ता भएको संशोधन प्रस्तावका पक्षमा माओवादी केन्द्रको अडान अहिले पनि कायम रहेको प्रष्ट पारे ।

उनले समृद्धि, सामाजिक न्यायसहितको नेपाल निर्माण गर्न सरकार र सबै राजनीतिक दलको मुख्य कार्यभार भएकाले यसतर्फ सबैले ध्यान केन्द्रित गर्न आवश्यक रहेको बताए ।

संचारकर्मीको जिज्ञासामा पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा स्वागत गर्ने क्रममा मुलुकभित्रको विषयलाई विदेशीका अगाडि राख्ने तरीका दुःखद् भएको टिप्पणी गरे ।