२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अध्यक्ष ओली र दाहालबीच एक्लाएक्लै वार्ता


0
Shares

काठमाडौं, जेठ २ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक्लाएक्लै वार्ता भएको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै नेता भोली पार्टी एकता संयोजन समितिको बैठक बोलाउन सहमत भएका छन् ।

भोलीको बैठकमा दुबै अध्यक्षबीच अहिलेसम्म भएको सहमति र एकता प्रक्रियामा देखिएको जटिलताका बारेमा आआफ्नो धारणा राख्ने सहमति भएको छ ।

पार्टी एकता प्रक्रिया लम्बिदै गएपछि दुबै दलका नेताहहरुले पार्टी एकता जटिल मोडमा पुगेको धारणा राख्न थालेका थिए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी पक्षबाट आएको गुनासोलाई सम्बोधन गर्न आफू तयार रहेको अध्यक्ष दाहाललाई बताएका थिए ।