२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाली विषयको पूर्णाङ्क घटाउने तयारीप्रति सरोकारवालाहरुको आपत्ति


0
Shares

-प्रतीक्षा खनाल/ईमेज:
काठमाडौं, जेठ २ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा नेपाली विषयलाई ५० पूर्णाङ्कमा सीमित गर्ने तयारी गरेपछि सरोकारवालाहरुले गम्भीर आपत्ति जनाएका छन् ।

नेपाली विषय बचाऊ अभियानको नाममा दबावमूलक कार्यक्रम सुरु गरेका सरोकारवालाहरुले विदेशी दाताको प्रभावमा परेर नेपाली भाषामाथि प्रहार गर्न खोजिएको दाबी समेत गरेका छन् ।

काठमाडौंमा आज आयोजित गोष्ठीमा सहभागी विज्ञ तथा सरोकारवालाहरुले पाठ्यक्रम विकास केन्द्रले हालै सार्वजनिक गरेको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ को मस्यौदा तत्काल सच्चाउन गरेका छन् ।

यसै विषयमा सरकारको ध्यानाकर्षण गराउन नेपाली विषय बचाउ अभियान समेत गठन गरेका विज्ञ र विद्यार्थीहरुले शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, त्रिवि नेपाली विभाग लगायतका सरोकारवाला निकायहरुलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

कार्यक्रममा नेपाली शिक्षा शास्त्र केन्द्रिय शाखा, कीर्तिपूरका प्राध्यापक डाक्टर पारसमणि भण्डारीले युरोपियन युनियन जस्ता अन्तर्राष्ट्रिय दाताहरुको प्रभावमा परेर पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषा विरुद्ध षडयन्त्र गरिहेको आरोप समेत उहाँले बताए ।

कुनै पनि राष्ट्रको पहिचान त्यसको भाषा र संस्कृति हुने भन्दै विद्यालय स्तरबाटै भाषाको जर्गेना हुनुपर्ने उनको भनाइ थियो ।

त्यस्तै प्राध्यापक उमेश काफ्लेले नेपाली विषयमाथिको प्रहार नेपालको राष्ट्रियतासँग सोभैm जोडिएको छ भने ।

त्रिचन्द्र कलेजका प्राध्यापक डाक्टर गंगाधर अधिकारीले कक्षा ११ र १२ मा सय पूर्णाङ्कको अनिवार्य नेपालीका साथै ऐच्छिक विषयमा पनि नेपाली राखे मात्रै नेपाली भाषाको बिकास हुने बताए ।

नेपाली भाषामाथि एकपछि अर्को गर्दै प्रहार गर्ने क्रम बढिरहेको छ । नेपालको राष्ट्रभाषा मात्रै नभएर नेपाली भाषा संसारभर छरिएर रहेका नेपालीहरुको सम्पर्क भाषा समेत हो ।