Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


एमाले केन्द्रीय कमिटीको आकस्मिक बैठक बिहीबार


0
Shares

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकताको विषयलाई लिएर आकस्मिकरुपमा बिहीबार बिहान ११ बजे केन्द्रीय कमिटीको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने तय भएको पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टी एकताको विषयमा विभिन्न खालका टीका–टिप्पणी आइरहेका बेला पार्टी एकता गर्नकै लागि केन्द्रीय कमिटीको नवौं बैठकले केही निष्कर्ष निकाल्नेछ ।

पार्टी एकताको मिति घोषणा गर्ने कमिटीको सम्भवतः त्यो अन्तिम बैठक पनि हुनसक्ने जनाएको छ । रासस