काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले जननेता मदन भण्डारीको हत्या नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र भएको दाबी गर्नुभएको छ ।
आइतबार मदन भण्डारीकाे ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले नेता भण्डारी र जिवराज आश्रितमाथिको षड्यन्त्र हत्या भएको जगजाहेर भएपनि दोषिलाई कारबाही गर्न नसकिएको स्वीकार गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँमाथि जुन हिसाबले हत्याको षड्यन्त्र रचियो, त्यो नेपालको कम्युनिष्ट आन्दोलनलाई निस्तेज पार्ने स्वदेशी तथा विदेशी प्रतिक्रियावादीको षड्यन्त्र हो, जुन आज पनि जारी छ ।’ उहाँले अहिले पनि पूँजीवादी दलालविरुद्धको लडाइँ जारी रहेको उल्लेख गर्दै वामपन्थी एकता अपरीहार्य आवश्यकता भइसकेको बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्