 
	    काठमाडौं, जेठ ३ । युरोपा लिग फुटबलको उपाधि स्पेनिस क्लब एथलेटिको मड्रिडले हात पारेको छ ।
गएराति भएको खेलमा मार्सेललाई ३-० ले हराउँदै एथलेटिकोले तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो ।
यसअघि एथलेटिको सन् २०१० र २०१२ मा च्याम्पियन बनेको थियो ।
लियोनमा भएको फाइनलमा एथलेटिकोका एन्टोनी ग्रिजमनले दुई गोल गरे ।
खेलको २१ औं मिनेटमा गावीको पासमा गोल गर्दै एन्टोनीले एथलेटिकोलाई अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको एथलेटिकोले ४९औं मिनेटमा दोस्रो गोल गर्यो ।
यस पटक कोकेको पासमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गरे ।
८९औं मिनेटमा कोकेको पासमा गावीले गोल गरेपछि एथलेटिको मड्रिड च्याम्पियन बन्यो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्