१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


केन्द्र सरकारले संघीयतालाई धरापमा पार्ने षड्यन्त्र गरिरहेको छः अध्यक्ष यादव


0
Shares

बिराटनगर, जेठ ३ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्र सरकारले केन्द्रीकृत शासन प्रणाली लादेर संघीयतालाई धरापमा पार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

संघीय समाजवादी फोरमले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयता बलियो बनाउन प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।

उनले संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको जिकीरसमेत गरे ।

अध्यक्ष यादवले प्रदेश नम्बर दुईका मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर अनावश्यक विवाद गर्नुको कुनै अर्थ नरहेको बताए ।