Logo ९ मंसिर २०८२, मंगलबार | Tue Nov 25 2025


पार्टी एकताबारे रवीन्द्र मिश्रको टिप्पणी– खराब प्रवृत्ति एक ढिक्का हुँदा झन् जब्बर !


0
Shares

काठमाडौं, जेठ ४ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता घोषणा भएलगत्तै राजनीतिक बृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेको छ ।

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एमाले र माओवादी केन्द्रको एकताबाट शक्ति बदलिए पनि सोच र आचरण नबदलिएको भन्दै टिप्पणी गरेका छन् ।

उनले शुक्रबार बिहान ट्विट गर्दै भनेका छन्, ‘एमाले माओवादी एकता प्रकरण : शक्ति बदलियो, सोच र आचरण बदलिएको छैन ।’

उनले लेखेका छन्, ‘पात्र तिनै हुन्, प्रवृत्ति तिनै हुन्, खराब प्रवृत्तिहरु एक ढिक्का हुँदा त्यो झन् जब्बर बन्न सक्छ ।’

उनले यो एकताले सबैका खराब प्रवृत्तिलाई इतिहास बनाइदेओस् र असल प्रवृत्ति उजागर गरोस् भन्ने कामना पनि गरेका छन् ।

त्यस्तै कांग्रेस उपसभापति विमलेन्द्र निधिले दुई कम्युनिस्ट पार्टी मिलाएर नेपाल कम्युनिस्ट पार्टी नामक एउटै पार्टी बनाएकोमा केपी ओली र पुष्पकमल दाहाललाई बधाइ दिएका छन् ।

उनले भनेका छन्, ‘सुखान्त भयो भने बलियो लोकतन्त्र, दुखान्त भयो भने बलियो अधिनायकतन्त्र । म सुखान्तवादी कथोपासक हुँ, हामीसँगै कम्युनिस्ट र निर्दलवादी दुवैको लोकतान्त्रिक यात्रा रुचिकर छ ।’