ओली र दाहाल दुवै दलको केन्द्रीय कार्यालय अवलोकन गर्दै • Image Khabar Image Khabar


ओली र दाहाल दुवै दलको केन्द्रीय कार्यालय अवलोकन गर्दै


Imagekhabar
४ जेष्ठ २०७५, शुक्रबार १२:४८

KP oli prachanda primeminister NCP

काठमाडौं, जेठ ४ । पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज यसअघि धुमबाराही र पेरिसडाँडामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयको अवलोकन गर्दै छन् ।

एमाले र माओवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

तत्कालका लागि धुमबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज धुमबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्