
शुक्रबार नेपाल प्रेस युनियन बाँकेद्वारा नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले सबै कम्युनिष्ट दलहरुलाई एउटै छातामुनि ल्याएर संसदीय व्यवस्थालाई अझ मजबुत् बनाउन नवगठित नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिए ।
प्रवक्ता शर्माले कांग्रेसलाई भावी चुनावको नभइ भावी पुस्ताको चिन्ता भएको बताए ।
सरकारलाई सत्ता र शक्तिको दम्भबाट मुक्त रहेर मुलुकको विकास र समृद्धिका लागि लाग्न आग्रह गर्दै उनले उचित एजेन्डामा कांग्रेसले पनि साथ दिने स्पस्ट पारे ।
संविधानको अपनत्वको दायरालाई अझ फराकिलो बनाउँदै राष्ट्रियतालाई अझ मजबुत् बनाउनुपर्ने उनको भनाइ थियो ।
फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्नुपर्ने प्रावधान सच्याएर अघि बढ्नुपर्ने पक्षमा नेपाली कांग्रेस रहेको प्रवक्ता शर्माले स्पस्ट पारे ।
प्रतिक्रिया दिनुहोस्