
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यलयबाट पठाइएको पत्र पढेर सुनाउँदै सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिले ७ गते नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गर्ने जानकारी दिए ।
शुक्रबारको संसद बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीप्रभावितलाई अहिलेसम्म राहत नदिइएको, मधेसमा नागरिकता लिन समस्या भएको, सरकारले प्रभावकारी ढंगबाट काम गर्न नसकेकोलगायतका गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्