२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ओली र दाहालद्वारा कार्यालय अवलोकन


0
Shares

एकतापछि कुन कार्यालयलाई केन्द्रीय कार्यालय बनाउने भन्नेबारेमा अध्ययन र अवलोकनपछि निर्णय गर्ने तयारीका साथ प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार ती कार्यालय निरीक्षण गरेका हुन् ।

धूम्रबाराही कार्यालयमा अध्यक्ष ओलीले दाहाल र पेरिसडाँडाको कार्यालयमा अध्यक्ष दाहालले ओलीलाई स्वागत गरेका थिए ।

एमाले र केन्द्रबीच बिहीबार एकता भएका थियो । दुवै अध्यक्षले ती कार्यालयमा अनौपचारिकरुपमा बहाली गरे ।

दुवै कार्यालयका पदाधिकारीकक्ष, विभाग र सभाकक्षको उनीहरुले अवलोकन गरेका थिए ।

सो अवसरमा पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र सचिवालयका अधिकांश सदस्य सहभागी थिए ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कार्यालयको अवलोकनपछि कार्यालयबारे निर्णय गरिने जानकारी दिए ।

यसैबीच, नेकपा मसालले दुई पार्टीको एकतालाई सकारात्मक ठान्दै आफ्ना प्रतिबद्धतामा अडिग रहन नेकपालाई सुझाव दिएको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गरी समृद्धि र सामाजिक न्यायका लागि काम गर्न सुझाव दिएका हुन् । रासस