
प्रहरी नायब महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका पदाधिकारीलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गर्दै उनले पदोन्नतिसँगै पदीय जिम्मेवारी थपिएकाले सोहीअनुरुप उत्कृष्ट काम गर्न निर्देशन दिएका हुन् ।
उनले कार्यरत् स्थानमा कर्मचारीको मनोबल बढाउँदै संगठनको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।
महानिरीक्षक खनालले कानुनीरुपमा विभेद नगरी समान न्याय गर्नुपर्ने, अपराधजन्य क्रियाकलाप र तिनमा संलग्न व्यक्तिप्रति कठोर भइ निर्भिकताका साथ काम गर्नुपर्ने बताए ।
सो कार्यक्रममा महानिरीक्षक खनालले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा पदोन्नति हुने १६ र प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा हुने २१ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरे । रासस
प्रतिक्रिया दिनुहोस्