
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक/दुई दिनमै लगाउने भएको छ ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ ।
धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।
चार सय ४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमा नयाँलाई मनोनयन गर्न भने नीति र मापदण्ड बनाइने तथा त्यसको टुङ्गो एक दुई हप्तामा हुने जनाइएको छ ।
पैँतालीस सदस्यीय स्थायी कमिटी हुने नेकपामा पोलिटब्यूरो भने रहने छैन । नौ सदस्यीय सचिवालय भने गठन भइसकेको छ ।
यसैबीच नेकपा संसदीय दलको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बिहान ११ बजे बस्ने जानकारी सांसद तथा पार्टी कार्यालय सचिव श्रेष्ठले दिए । रासस
प्रतिक्रिया दिनुहोस्