
काठमाडौं, जेठ ५ । गायक, संगीतकार, गीतकार एवं कवि योगेश वैद्यलाई रेडियो अन्नपूर्ण नेपाल दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ ।
रेडियो अन्नपूर्ण नेपाल ९४ मेघाहर्जको व्यवस्थापन समितिको निर्णयबाट आधुनिक गीतसंगीतको श्रीवृद्धिमा छ दशक लामो समयदेखि साधनारत वैद्यको निरन्तरको विशिष्ठ साधनाका लागि यो सम्मान प्रदान गर्न लागिएको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ ।
यही जेठ १५ गते रेडियो अन्नपूर्णको वार्षिक उत्सवका अवसरमा उनलाई उक्त सम्मान अर्पण गरिने जनाइएको छ ।
नेपाली र नेवारी भाषाका चार सयभन्दा बढी गीतमा स्वर भरेका वैद्यले दर्जनौं गीतमा संगीत दिएका छन् । उनले गीतका साथै थुप्रै कविता सिर्जना गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्