२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दुई मोटरसाइकल ठोक्किँदा तीन युवाको ज्यान गयो


0
Shares

गोपीगन्जबाट बर्दघाटतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल बर्दघाटको सशस्त्र युक्ति महाविद्यालय सडकअगाडि ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बर्दघाट नगरपालिका–१६, कुकुरमाराका १८ वर्षीय अजितसिंह ठकुरी, सोही ठाउँका २१ वर्षीय सन्तोष न्यौपाने र बर्दघाट नगरपालिका–१४ का १८ वर्षीय आशिष जिसी रहेको प्रहरीले जनाएको छ ।

तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा घाइते भएका बर्दघाट नगरपालिका–१४ का दीपेन्द्र जिसीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।