विराटनगरमा रहेको भारतीय फिल्ड अफिस छिट्टै हट्छ : प्रधानमन्त्री • Image Khabar Image Khabar


विराटनगरमा रहेको भारतीय फिल्ड अफिस छिट्टै हट्छ : प्रधानमन्त्री


Imagekhabar
५ जेष्ठ २०७५, शनिबार १६:०१

विराटनगरमा रहेको भारतीय फिल्ड अफिस छिट्टै हट्छ : प्रधानमन्त्री

शनिबार संघीय संसद भवन नयाँबानेश्वरमा बसेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो संसदीय दलको बैठकले प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीलाई सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गरेको हो ।

सांसद देव गुरुङले ओलीलाई दलको नेता बनाउन राखेको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको हो ।

दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् १९५० को सन्धि फेर्न भारत सहमत भइसकेकाले विराटनगरमा रहेको भारतीय फिल्ड अफिस छिट्टै हट्ने बताए ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले दुई पार्टीको एकताप्रति नेपाली कांग्रेस बढी नै अत्तालिएको भन्दै सरकारले विपक्षीलाई दमन नगर्ने स्पस्ट गरे ।

विश्वलाई नै आश्चर्य पार्ने घटना : दाहाल
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी एकता, एकतामात्रै नभएर विश्वलाई नै आश्चर्य पार्ने घटना भएको जिकिर गरे ।

नवगठित नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने चयन गर्न बाँकी छ ।

पार्टी एकता हुनअघि नेकपा एमालेले सुवास नेम्वाङलाई उपनेता र खगराज अधिकारीलाई प्रमुख सचेतक र शान्ता चौधरीलाई सचेतकको जिम्मेवारी दिएको थियो ।

यस्तै, माओवादी केन्द्रको संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख सचेतक देव गुरुङ थिए ।

प्रतिक्रिया दिनुहोस्