
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्स प्रा.लि.अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
एशियन ओसेइएन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसनले जापानको टोकियोमा आयोजना गरेको अवार्ड कार्यक्रममा नेपालबाट वल्र्डलिंक सम्मानित भएको हो ।
संस्थाले आउटस्ट्याण्डिङ युजर अर्गनाइजेशन अवार्डबाट वल्र्डलिंकलाई सम्मान गरेको हो ।
योसँगै उक्त अवार्डबाट सम्मानित हुने वल्र्डलिंक नेपालबाट पहिलो कम्पनी भएको छ ।
जापानको राजधानी टोकियोमा गत बिहीबार आयोजित अवार्ड समारोहमा असोसिओका अध्यक्ष डेविड वाङले वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरे ।
कार्यक्रममा विश्वभरका ३३ मुलुकबाट हजार बढी कम्पनी तथा उनीहरुका प्रतिनिधि सहभागी थिए । वल्र्डलिंकका साढे दुई लाख बढी ग्राहक छन् ।
प्रतिक्रिया दिनुहोस्