
कांग्रेस बाँकेका अगुवा नेता–कार्यकर्तालाई शनिबार नेपालगन्जमा सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेसलाई किसान र श्रमिकको साथी बनाउने हो भने जनताको स्वार्थसँग आफूलाई गाँस्नुपर्ने बताए ।
जनताले सिद्धान्तभन्दा पनि आफ्नाअगाडि देखापर्ने नेताको क्रियाकलापलाई मूल्यांकन गर्ने भएकाले जनताको माझमा जानुको विकल्प नभएको उनको भनाइ थियो ।
वरिष्ठ नेता पौडेलले नवगठित नेपाल कम्युनिष्ट पार्टीको कुनै भरोसा नभएको जिकिर गरे । उनले कम्युनिष्टहरुले पटक–पटक सिद्धान्त, नाम र अनुहार फेरबदल गर्ने भएकाले जनतालाई धोका दिने ठोकुवा गरे ।
प्रतिक्रिया दिनुहोस्