
-केदार कटुवाल/ईमेज:
उदयपुर, जेठ ६ । वर्षा लागेसँगै उदयपुरका किसान चिन्तित छन् । चन्द्र शम्सेरको समयमा त्रियुगा नदीमा बनेको चन्द्र नहरका कारण किसान वर्षेनी पीडित बन्दै आएका छन् ।
किसानका हितमा नहर बने पनि त्यही नहरका कारण उदपुरका किसानका सयौ विघा जमिन बालुवामा परिणत हुँदा चिन्तित बनेका हुन् ।
छिमेकी जिल्ला सप्तरीको सप्तकोशी, कञ्चनरुप हनुमाननगर, कंकालनी, राजविराज नगरपालिकाका किसान चन्द्र नहरबाटै सिंचाई गरेर तीन बाली उत्पादन गरी रहँदा चौदण्डी गढी, बेलका र त्रियुगा नगरपालिकाका किसान भने पीडा भोग्न बाध्य छन् ।
त्रियुगा नदीका सहायक खोला खहरेले बगाएर ल्याएको लेदो र बालुवाले नदीको तल्लो तटीय क्षेत्र सुन्दरपुर, हडिया जोगिदह र तपेश्वरीका किसानका खेतबारी पुरिदिएको छ ।
चन्द्र नहरमा बनाइएको पूर्व–पश्चिम ड्यामका कारण वर्षेनी त्रियुगाको सतह बढ्दै जाँदा किसान सुकुम्वासी भएका हुन् । सयांै किसान नदीकै कारण वन क्षेत्र अतिक्रमण गरेर बस्न बाध्य छन् ।
नदी नियन्त्रणको ठोस र दीर्घकालीन योजना नहँुदा बर्षेनी यस क्षेत्रका किसान सुकुम्बासी बन्दै जाने र वन क्षेत्र अतिक्रमण हुँदै जाने देखिन्छ ।
चुरे क्षेत्रको वन विनाससँगै वर्षामा हुने भूक्षयले यस क्षेत्रका उर्वर भूमिलाई बालुवामा परिणत गर्ने संभावना देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्