फेसबुक समूह ‘नेपाली बाजे’को शिविरमा ३ सय जनाले गराए स्वास्थ्य परीक्षण • Image Khabar Image Khabar


फेसबुक समूह ‘नेपाली बाजे’को शिविरमा ३ सय जनाले गराए स्वास्थ्य परीक्षण


Imagekhabar
६ जेष्ठ २०७५, आईतवार १३:१२

फेसबुक समूह ‘नेपाली बाजे’को शिविरमा ३ सय जनाले गराए स्वास्थ्य परीक्षण

ललितपुर, जेठ ६ । सामाजिक संजाल फेसबुक प्रयोगकर्ताको समुह ‘नेपाली बाजे’ले शनिवार लेलेमा स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शिविरमा ३ सय स्थानीयवासीले निशुल्करुपमा स्वास्थ्य परीक्षण गराए ।

सामाजिक संजाललाई समाजिक सेवामा प्रयोग गर्ने उद्देश्यले स्वास्थ शिविर आयोजना गरेको नेपाली बाजे फेसबुक समुहका संस्थापक दिवस सापकोटाले बताए ।

फेसबुक प्रयोकर्ताले गरेको यो कामलाई लेलेवासीले प्रसंशनीय रहेको बताएका छन् ।

शिविरमा निशुल्क दन्त सेवा,प्रमुख रहेकाले धेरै मानिसहरुको सहभागी रहन गएको अनुमान समुहको कार्यक्रम संयोजक शिवराज न्यौपानेले जानकारी दिए ।

नेपाली बाजे फेसवुक ग्रुपले गरेको स्वास्थ्य शिविरले लेलेवासी लाभान्वित त भए ,तर सधै सहज स्वास्थ्य सेवाको पहुँचको लागी यस क्षेत्रमा सुबिधाजनक एक अस्पताल आवश्यक रहेको देखिन्छ ।

शिविर पिपल डेन्टल हस्पिटल,डेन्टल क्लिनिक पुल्चोक को सहकार्यमा भएको थियो ।

नेपाली बाजे फेसबुक समुहले यसअघि पनि ललितपुरको सुनाकोठिमा रहेको बृद्ध आश्रममा,नवलपरासी गैंडाकोटको अपाङ्ग जीवन संस्थामा खाद्यान्न तथा लत्ताकपडा वितरण,पाल्पा निवासी पुर्नकला राना मगरको मृगौला प्रत्यारोपणको लागि रु ५५, ५०० सहयोग,चितवनको अनाथ बालबालिका हरुलाई आर्थिक तथा सामाजिक सहयोग साथै पोखरामा रक्तदान कार्यक्रम लगाएत दर्जन भन्दा बढी सामाजिक सचेतना कार्यक्रमहरु गरिसकेको नेपाली बाजे काठमाडौ टिमका एड्मिन नवीन भट्टराईले जानकारी दिए ।

सामाजिक सन्जाललाई सही सदुपयोग गर्न सकेमा,समाज देखि रास्ट्रकै उन्नतिको लागि योगदान दिन सकिने कुरा यश फेसबुक समुहले गतिलो उदाहरण दिएको छ।

प्रतिक्रिया दिनुहोस्