२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सेनाले निर्माण गरेको मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड उद्घाटन


0
Shares

रसुवा, जेठ ६ । रसुवाको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको उद्घाटन गरिएको छ ।

नेपाली सेनाले निर्माण गरेको १७ किलोमिटर लामो सडकको आइतबार रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।

रक्षामन्त्री पोखरेलले सरकारले तोकेकै समयमा सडक निर्माण गरेकोमा नेपाली सेनालाई धन्यवाद दिए ।

पृथ्वी राजमार्गको गल्छीदेखि रसुवा सदरमुकाम धुञ्चे हुँदै रसुवागढी जोड्ने १०६ किलोमिटर राजमार्ग मैलुङ–स्याफ्रुबेसी सडक बनेपछि २५ किलोमिटर घटेर ८१ किलोमिटर झरेको छ ।

यसअघि गल्छीदेखि स्याफ्रुबेंसीसम्म ९० किलोमिटर रहेकोमा अब उक्त सडक ६५ किलोमिटरमात्रै हुनेछ ।

विकट भौगोलिक भूभाग छिचोल्दै बनाउनु पर्ने यो सडकको शिलान्यास २०७२ वैशाख १मा गरिएको थियो भने गत चैत मसान्तमा सेनाले सडक सम्पन्न गरेको थियो ।

सडक निर्माणको लागत ७० करोड ६९ लाख ९० हजार रहेको नेपाली सेनाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, सडक विभागका महानिर्देशक गोपाल सिग्देल लगायत सहभागी थिए ।