
काठमाडौं, कात्तिक २६ । आज नोभेम्बर १२ तारिख, विश्व निमोनिया दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ ।
यस वर्ष निमोनिया दिवसको नारा ‘निमोनियालाई रोकौं’ भन्ने रहेको छ ।
निमोनिया छातीमा हुने संक्रमण हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरुमा यसको जोखिम उच्च हुन्छ । निमोनियाको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या हुन्छ । किटाणुले फोक्सोमा आक्रमण गर्छन् र फोक्सोका कोषहरु सुनिन्छन् । सास फेर्न गाह्रो हुन्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष निमोनियाका कारण पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुने गरेको छ भने नेपालमा मात्रै ५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ । सन् २००९ देखि विश्व निमोनिया दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस्