
काठमाडौं, जेठ ६ । सरकारले वैदेशिक रोजगारीमा सिण्डिकेट लगाउँदै आएका म्यानपावर संचालकहरुलाई पक्राउ गर्न थालेको छ ।
मलेसिया जाने कामदारमाथि स्वास्थ्य परीक्षण र भिसा स्ट्याम्पिङ सहयोगका नाममा अतिरिक्त शुल्क असुल्दै आएका भिएलएन र वानस्टप सेन्टरका संचालक राम श्रेष्ठ पक्राउ परेका हुन् ।
भिएलएनको कार्यालयमा छापा मारेर प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । सो कार्यालयबाट ल्यापटप, कागजात लगायत बरामद गरिएको छ ।
नेपाल सरकारबाट अनुमति नलिई मलेसिया सरकारका उच्च अधिकारीसँगको मिलेमतोमा मलेसिया जाने कामदारहरुबाट भिएलएनको नाममा ३२ सय र वानस्टप सेन्टरको नाममा कर बाहेक २८ सय रुपैयाँ शूल्क लिदै आएको आरोप श्रेष्ठमाथि लाग्दै आएको छ ।
उनले नेपाली कामदारहरुबाट डेढ अर्ब बढी गैरकानुनी रकम असुलेको तथ्यांक सार्वजनिक भईसकेको छ । उनी वाइड स्पेस म्यानपावर कम्पनी र हार्भेष्ट मुन ट्राभल्सका समेत संचालक हुन् ।
श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले पदबहाली गरेलगत्तै वैदेशिक रोजगारीका नाममा लादिएको सिण्डीकेट तोड्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्