
उदयपुर, कात्तिक २६ । उदयपुरको रौतामाइ गाउँपालिका–३ लाफागाउँकी १३ बर्षीय बालिका एल्जिना खड्का मृत अवस्थामा फेला परेकी छन् ।
शनिबार दिउँसो बाख्रा चराउन गएकी उनलाई आईतबार साँझ खरबारीमा मृत अवस्थामा फेला पारिएको हो । मुखमा कागज कोचेको र शरीरका लुगा खोलिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
बलात्कारपछि घटना सार्वजानिक हुने डरले बालिकाको हत्या गरिएको हुन सक्ने आशंकामा केही ब्यक्तिमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थल पठाइएको छ । घटनास्थल सदरमुकामबाट ७५ किलोमिटर उत्तर विकट गाउँमा पर्छ ।
प्रतिक्रिया दिनुहोस्