प्रतिनिधिसभा संचालन नियमावली विवादमा कांग्रेसले अडान नछाडे प्रक्रियाबाटै पारित गर्ने चेतावनी • Image Khabar Image Khabar


प्रतिनिधिसभा संचालन नियमावली विवादमा कांग्रेसले अडान नछाडे प्रक्रियाबाटै पारित गर्ने चेतावनी


Imagekhabar
६ जेष्ठ २०७५, आईतवार २०:३२

प्रतिनिधिसभा संचालन नियमावली विवादमा कांग्रेसले अडान नछाडे प्रक्रियाबाटै पारित गर्ने चेतावनी

काठमाडौं, जेठ ६ । कानुन मन्त्री शेरबहादुर तामाङले प्रतिनिधिसभा संचालन नियमावलीको विवादमा प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडे प्रक्रियाबाट पारित गराउने बताएका छन् ।

फौजदारी अभियोग लागेर पुर्पक्षका लागी थुनामा रहने सांसदलाई सलाम ठोकेर मान सम्मान गराईरहनु उपयुक्त नहुने उनको भनाइ थियो ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मन्त्री तामाङले नियमावली नबन्दा थुप्रै काम प्रभावित भएकोले छिट्टै निष्कर्षमा पुग्नु आवश्यक रहेको बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले संघीय कानुनमार्फत नियमावली आउने अवस्थामा मात्रै साथ दिने बताए ।

यसैगरी राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले यो विधेयक नभइ नियमावली रहेको र पहिलेदेखि नै सहमतिमै पारित गर्ने परम्परा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्