रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना • Image Khabar Image Khabar


रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना


Imagekhabar
७ जेष्ठ २०७५, सोमबार १३:५०

रक्तस्राव बढेपछि राष्ट्रकवि घिमिरे अस्पताल भर्ना

काठमाडौं, जेठ ७ । राष्ट्रकवि माधवप्रसाद घिमिरे रक्तस्राव बढेपछि अस्पताल भर्ना भएका छन् ।

मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उनलाई एक साताअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिए ।

आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उनको उपचार उपचार हुँदै आएको छ ।

उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्