१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


काष्ठमन्डप, रानीपोखरी र धरहराको पुनःनिर्माण तीन वर्षभित्र सम्पन्न गरिने


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त निजी आवास, पुरातात्विक सम्पदा र सरकारी भवन पुनःनिर्माणलाई सरल बनाइ तीव्रता दिइने उल्लेख गरिन् ।

संघ प्रदेश र स्थानीय तहमा सरकारी पूर्वाधार एवं भवन निर्माणको मापदन्ड लागू गरिने, प्रदेश राजधानी र स्थानीय तहका केन्द्रको एकीकृत पूर्वाधार विकास गुरुयोजना तयार गरिने तथा प्रदेश र स्थानीय तहको क्षमता विकास पूर्वाधार निर्माणमा प्रशासनिक सहजीकरणको व्यवस्था मिलाइने छ ।

संघीय वित्त तथा मौद्रिक नीति तर्जुमा गर्दा प्रदेश र स्थानीय तहका विकास आवश्यकतासमेतलाई सम्बोधन गरिने जनाइएको छ । रासस