सातौं घरजग्गा मेला हुने « Imagekhabar – Online News Portal of Nepal


सातौं घरजग्गा मेला हुने


0
Shares

सोमबार राजधानीमा नेपाल जग्गा तथा आवास विकास संघले पत्रकार सम्मेलन गरी आगामी असार १ देखि ५ गतेसम्म राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा मेला गर्न लागेको जानकारी गराएको हो ।

मेलाको एक लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा संघले गरेको छ ।

मेलामा आवास योजनामा संलग्न व्यवसायी, लगानीकर्ता, सेवाग्राही उपभोक्ता, निर्माण सामग्री विक्रेता तथा सेवाप्रदायक संस्थाहरुको सहभागिता रहनेछ ।

मेलाका अवसरमा संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजनमा दुईदिने ‘हाउजिङ समिट’समेत आयोजना हुने जनाइएको छ ।