३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


संविधान संशोधन छुट्टै विषय हो : प्रधानमन्त्री


0
Shares

नीति तथा कार्यक्रम सार्वजनिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिनेक्रममा प्रधानमन्त्री ओलीले पत्रकारसँग भने–‘जनतामुखी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आगामी बजेट आउँछ, ढुक्क रहन म आग्रह गर्दछु ।’

‘संविधान संशोधनको विषय सरकारको नीति तथा कार्यक्रममा किन आएन प्रधानमन्त्रीज्यू ?’ भन्ने सन्चारकर्मीको प्रश्नमा उनले ‘यो विषय वार्षिक नीति तथा कार्यक्रममा पर्ने विषय होइन, छुट्टै विषय हो’–भने ।

प्रधानमन्त्री ओलीले सरकारले जनताका लागि काम गर्ने, सबैसित मिलेर हातेमालो गर्दै अगाडि बढ्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन दिने बताए । रासस