
रौतहट, कात्तिक २६ । कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत ।
चन्द्रपुर–४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ । कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्ड्याइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाइन्छ ।
गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यतिमात्र होईन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् ।
फार्म आसपास कुनै गाडी वा ठुलो आवाजसहित मानिस दौडिँदा पनि कुखुरा तर्सिने र एकअर्कामा च्यापिएर मर्न सक्ने भएकाले लोकगीतको तालमा झुम्ने बानी पारेको सञ्चालक फिरोज श्रेष्ठले बताए । दैनिक करिब ८ घण्टा लोकगीत बजाउने गरेको उनलेब बताए । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्